काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का थप तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
थप तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको पीएसजीले जनाएको छ । लिग वानको नयाँ सिजनमा डेब्यु गर्नु अघि क्लबका थप तीन खेलाडीमा कोरोना देखिएको हो ।
गत बुधबार मात्र नेयमार सहित तीन खेलाडीमा कोरोना संक्रमण देखिएको थियो ।
गत सिजनको लिग वान च्याम्पियन पीएसजीका ६ खेलाडीमा कोरोना पुष्टि भएको छ । आज थपिएका संक्रमितको क्लबले परिचय भने खुलाएको छैन ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया