सन्दीप सम्मिलित जमैका प्याट्रियट्ससँग भिड्दै

काठमाडौं । सन्दीप लामिछाने सम्मिलित टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्ससँग भिड्दै छ ।

जमैका तलाबाजले सीपीएल को आफ्नो आठौं खेल खेल्दैछ । जमैका र प्याट्रियट्सबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे शुरु हुनेछ । ब्रायन लारा स्टेडियममा प्याट्रियट्सविरुद्ध मैदान उत्रदा जमैका चौंथो जितको खोजीमा हुनेछ । प्याट्रियट्स भने दोस्रो जितको खोजीमा रहेको छ ।

जमैका ७ खेलमा ६ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । प्याट्रियट्स ८ खेलमा १ अंकका साथ तालिकाको पुछारमा छ । सन्दीप ७ खेलमा १० विकेट लिइसकेका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?