काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि खुल्ला दर्खास्त आह्वान गरेको छ । क्यानले बिहीवार एक विज्ञापन निकाल्दै मुख्य प्रशिक्षक, महाप्रबन्ध, वित्त प्रमुख, क्रिकेट व्यवस्थापक र स्थानिय (लोकल) प्रशिक्षकको लागि आवेदन माग गरेको हो ।
क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग समन्वय गर्दै रिक्त रहेको पदमा विज्ञापन खुलाएको हो ।

कस्ता प्रशिक्षकले दर्खास्त दिन सक्छन् ?
- इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल ३ का प्रशिक्षक रहेकाले
- आईसीसी पूर्ण सदस्य वा फस्ट क्लास क्रिकेट टिम वा एसोसियट राष्ट्र वा अन्तराष्ट्रिय लिगमा तीन वर्ष प्रशिक्षकको भूमिका निभाएकाले
- क्रिकेटको जानकार तथा क्रिकेट कल्चर बुझेकाले
- ६० वर्ष ननाघेका पुरुष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया