काठमाडौं । नोभाक जोकोभिचले वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको उपाधि हात पारेका छन् । न्युयोर्कमा शनिवार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई पराजित गर्दै जोकोभिचले उपाधि हात पारेका हुन् ।
उपाधि जित्ने क्रममा सर्बियन स्टार जोकोभिचले मिलोसमाथि १-६, ६-३ र ६-४ को सेटमा जित हात पारे । पहिलो सेट गुमाएपनि ३३ वर्षीय जोकोभिचले उत्कृष्ट पुनरागमन गरेका थिए ।
यससँगै जोकोभिजले ३५ मास्टर्स र १००० सिरिज टाइटलसहित राफायल नाडालको कीर्तिमानसँग बराबरी गरेका छन् । उनको यो ८० औं एपीटी उपाधि हो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया