सिल्भा चेल्सीमा

काठमाडौं । ब्राजिलियन डिफेन्डर थियागो सिल्भाले चेल्सीसँग एक वर्षको सम्झौता गरेका छन् ।

चेल्सीले सेन्टर ब्याक सिल्भालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

चेल्सीसँग सम्झौता गरेपछि सिल्भाले फ्रान्क लाम्पार्डको टिमको एक हिस्सा हुन पाउँदा खुशी भएको बताएका छन् । सिल्भाले च्याम्पियन्स लिग सकिएसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० छाडेका थिए ।

गत आइतबार राति भएको च्याम्पियन्स लिगको फाइनलमा पीएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १-० ले पराजित भएको थियो ।

चेल्सीले उनलाई तेस्रो खेलाडीको रुपमा क्लब भित्र्याएको हो ।

Image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?