पोग्बालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । बीबीसीका अनुसार कोरोना परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले पोग्बालाई कोरोना देखिएको पुष्टि गरेका छन् । कोरोना देखिएपछि पोग्बा फ्रान्सको टिमबाट बाहिरिएका छन् ।

पोग्बा हाल १४ दिनको सेल्फ आईसोलेसनमा रहेका फ्रान्सका मुख्य प्रशिक्षकले जानकारी दिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?