काठमाडौं । इंग्लिस क्लब चेल्सीका चार खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । चेल्सीका अनुसार प्रि-सिजन तयारी अघि गरिएको परिक्षणमा चार खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ ।
कोरोना संक्रमण भएका खेलाडीलाई आईसोलेसनमा पठाइएको चेल्सीले बताएको छ । चेल्सीले कोरोना पोजेटिभ देखिएका खेलाडीको नाम सार्वजनिक गरेको छैन ।चेल्सीले नयाँ सिजनको पहिलो खेलमा सेप्टेम्बर १४ मा ब्राइटनसँग खेल्नेछ ।
प्रिमियर लिगको नयाँ सिजन भने सेप्टेम्बर १२ बाट शुरु हुनेछ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया