काठमाडौं । सन्दीप लामिछाने अनुबन्धित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा तेस्रो हार व्यहोरेको छ ।
सन्दिपको टिम जमैकाले आज बिहान भएको बार्बाडोससँगको खेलमा ३६ रनको हार व्यहोरेको हो । हालसम्म खेलिएका प्रतियोगिताका पाँच खेल मध्ये जमैकाको यो तेश्रो हार हो ।
जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन मात्र जोड्न सकेको थियो । जमैकाले सातौँ ओभरमा नै ४ विकेट गुमाउँदा मात्र २७ रन बनाएको थियो ।
टस जितेर पहिले फिल्डिङ गरेको जमैकाका स्पिनरद्वय सन्दीप लामिछाने र मुजिब उर रहमानले खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन कायमै राखे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । सन्दीपले आजको खेलमा पनि २ विकेट लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया