हिगुइनले युभेन्टस छाड्ने

काठमाडौं । गोन्जालो हिगुइनले युभेन्टस छाड्ने भएका छन् । क्लबका नयाँ प्रशिक्षक आन्द्रे पिर्लोका अनुसार हिगुइनले क्लब छाड्ने बताएका हुन् ।

पिर्लोले एक पत्रकार सम्मेलनमा हिगुइनले युभेन्टस छाड्ने कुरा बताएका हुन् । उनले पाब्लो डिबाला क्लबमै रहने उल्लेख गर्दै हिगुइनले क्लब छाड्ने प्रष्ट पारे ।

हिगुइन युभेन्टसका तेस्रो महङ्गा खेलाडी हुन् । उनी सन् २०१६ मा कीर्तिमानी मुल्य ७५ मिलियन पाउण्डमा नापोलीबाट युभेन्ट्स आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?