क्वाटरफाइनलमा कोन्टा र सेरेना भिड्ने

काठमाडौं । बेलायती स्टार टेनिस खेलाडी जोहान्ना कोन्टा वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

न्युयोर्कमा जारी प्रतियोगिताको तेस्रो चरणमा रसियन खेलाडी भेरा जेभोनारेभालाई पराजित गर्दै कोन्टा क्वाटरफाइनलमा प्रवेश गरेकी हुन् ।

२९ वर्षीय कोन्टाले साविक विजेता समेत रहेको भेरालाई ६-४ र ६-२ को सेटमा पराजित गरिन् । आठौं वरियताकी कोन्टाले भेराविरुद्ध जित निकाल्न एक घण्टा २१ मिनेटको समय निकालिन ।

कोन्टाले अब अमेरिकी खेलाडी सेरेना विलियम्ससँग भिड्ने छिन् । सेरेनाले ग्रिककी मारिया साक्करीलाई पराजित गरेकी थिईन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?