म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मागुइरे पक्राउ

काठमाडौं । म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मागुइरे पक्राउ परेका छन्। कप्तान मागुइरे हाल छुट्टीमा ग्रीसमा थिए ।

माइकोनोसमा प्रहरी अधिकारीहरुसंगको झगडामा तीन विदेशी पक्राउ गरिएको थियो जसमध्ये एकजना युनाइटेडका कप्तान ह्यारी मागुइरे थिए ।

Manchester United Captain Harry Maguire 'Arrested In Greece' For ...

मागुइरेका वकिल कोन्स्टान्टिनोस डारिभासले मागुइरे विरुद्ध लागेका आरोपहरू अस्वीकार गर्दै उनी कुनै पनि आरोपबिना रिहा हुनेकुरामा आफु विश्वस्त रहेको बताएका छन् ।

ग्रीस पुलिसले एक विज्ञप्ति जारी गर्दै भनेको छ एउटा बारको बाहिर दुई समूहको बिचमा भएको कुराकानी उनीहरुले बिच्छेद गर्ने खोजेका थिए गरेका थिए र प्रहरीलाई मौखिक दुर्व्यवहार गरेका थिए र एक अधिकारीलाई कुटपिट पनि गरेका थिए ।

प्रहरीका अनुसार उनीहरु विरुद्ध फाइल खोलिएको छ जसमा उनीहरुले हिंसा अनाज्ञाकारिता, शारीरिक हानी, अपमान र एक प्रहरी अधिकारीलाई घूस दिने प्रयास गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?