काठमाडौं । विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफ क्लबका थप ३१ खेलाडीलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । भारतसँगको सीमा सुरक्षामा खटिएका थप ३१ खेलाडीमा शुक्रबार कोरोना देखिएको एपीएफ स्रोतले जनाएको छ ।
यस अघि एपीएफका तीन खेलाडीलाई कोरोना देखिएको थियो । जसमा दुई खेलाडी फुटबलका थिए । ‘आजको रिपोर्ट अनुसार थप ३१ जनामा कोरोना पोजिटिभ आएको छ । संक्रमण देखिएका सबै खेलाडी सर्लाही बोर्डरमा कार्यरत रहेका थिए ।
कोरोना देखिएका ३१ खेलाडीलाई आइसोलेशनमा राखिएको एपीएफ स्रोतले जानकारी दिए । कोरोना देखिएकाखेलाडीहरुको नाम भने खुलाइएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया