बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा

काठमाडौं । लियोनलाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३-० गोल अन्तरले पराजित गर्दै बायर्न फाइनलमा प्रवेश गरेको हो ।

बायर्नलाई जित दिलाउन सर्ज गनाब्रीले दुई गोल गरे । यस्तै रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । खेलको १८ औं र ३३ औं मिनेटमा गनाब्रीले गोल गरेका थिए भने खेलको ८८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३-० को जित दिलाए ।

Image

अब बायर्नले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग भिड्ने छ । बायर्न र पीएसजीबीचको च्याम्पियन्स लिगको फाइनल खेल अगस्ट २४ मा हुनेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?