काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बुधबार) जमैका तलावाज र सेन्ट लुसिया जोउक्स भिड्दै छन् । ट्रीनिडाड एन्ड टोबेगोमा हुने जमैका र सेन्ट लुसियाबिचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे शुरु हुनेछ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको जमैका आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । पहिलो खेलमा सन्दीपले प्लेइङ सेटमा स्थान बनाउने बलियो सम्भावना रहेको छ ।
जमैकाले सन्दीपलाई यस पटक ९० हजार अमेरिकी डलर ९१ करोड ८ लाख नेपाली रुपैयाँ० मा अनुबन्ध गरेको थियो । सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।
सीपीएलबाट खेल्ने सन्दीप एक मात्र नेपाली खेलाडी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया