पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाईनलमा

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । आरबी आईपजिगबिरुद्ध ३–० को जित हात पार्दै पीएसजी च्याम्पियन्स लिगको फाईनलमा प्रवेश गरेको हो ।

खेलको १३ औं मिनेटमा मार्किन्होसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा डी मारियाले पीएसजीलाई २–० ले अघि बढाएका थिए ।

खेलको ५६ औं मिनेटमा जुआन बर्नाटले गोल गर्दै पीएसजीले आफ्नो फाइनलको यात्रा तय गरेको छ ।

च्याम्पियन्स लिगको ईतिहासमा पीएसजीले पहिलो पटक फाईनल प्रवेश गरेको छ । पीएसजीले उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको विजेतासँग भिड्ने छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?