युनाईटेडलाई स्तब्ध पार्दै सेभिया फाईनलमा

काठमाडौं । सेभिया युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । म्यान्चेष्टर युनाईटेडलाई २–१ ले पराजित गर्दै सेभिया फाईनल प्रवेश गरेको हो ।

ब्रुनो फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अघि बढाएका थिए । सेभियाका फर्नान्डेज सुसोले २६ औै मिनेटमा खेल बराबरीमा ल्याए ।

७८ औं मिनेटमा डी जोङले सेभियाका लागि विजयी गोल गरेका थिए ।

United's players had appealed to the referee after replays showed a throw-in during the build-up should have gone their way

प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडको यस सिजन समेत ठुलो उपाधि जित्ने सम्भावना सकिएको छ । उसले यस सिजनमात्र तीन प्रतियोगितामा सेमिफाईनलमा पराजित भएको छ ।

सेभियाले उपाधिका लागि अब सख्तर डोनेस्क र ईन्टर मिलानबीचको विजेतासँग भिड्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?