लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुशील भट्टलाई नियुक्त गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई सिइओमा नियुक्त गरेको हो ।

हाल भट्ट राष्ट्रिय योजना आयोगको सदस्य रहेका थिए । यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सीईओ रहेका थिए ।

अधिकारी चैतमा गभर्नर नियुक्त भएपछि बोर्डमा सीईओ पद रिक्त रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?