प्रचण्ड निवासमा आजपनि गुटगत भेला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो निवास खुमालटारमा आफ्ना गुटका नेताहरुसँग भेटघाट एवम् छलफल गरेका छन् ।

छलफलमा पूर्वमाओवादी पक्षधर सबै स्थायी समिति सदस्यहरू रहेको स्रोतले जनाएको छ । तर स्थायी कमिटि सदस्य समेत रहेका रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट भने अनुपस्थित रहेका छन् ।

यसअघि हिजो पनि नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग प्रचण्डले छलफल गरेका थिए । अन्य गुटगत भेलामा सहभागी हुने गृहमन्त्री थापा विशेष काम देखाएर उपस्थित भएका थिएनन् ।

स्रोतका अनुसार प्रचण्डले पूर्वमाओवादीहरू एक आपसमा एकजुट हुन नसकेको भन्दै स्थायी कमिटि सदस्यहरुलाइृ भेटघाटका लागि बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?