काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन जान लागेका छन् ।
पछिल्लो केहि दिनयता सक्रिय रहेको मनसुनका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएको छ ।
यसैबीच बाढी पहिरो, कोरोना महामारी लगायतका विषयमा जानकारी लिन प्रचण्ड चितवन जान लागेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकबाट उनले जानकारी दिएकी छिन् – ” अध्यक्ष कमरेड प्रचण्ड चितवन जादै ! प्राकृतिक प्रकोपहरु बाढीपहिरो, कोरोना महामारीलगायत क्षेत्रका जनताको अवस्था बुझ्न आफ्नो गृहजिल्ला चितवन जाने कार्यक्रम रहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया