आगामी फागुनमा नै महाधिवेशन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । सोमवार बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले आगामी फागुनमा १४ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण महाधिवेशनको प्रक्रियागत कार्यतालिका रोकिएपनि आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण तीन महिना ठप्प भएको महाधिवेशनको कार्यक्रम असार २५ गतेबाट शुरु हुन लागेको हो ।

गत असार १६ गतेबाट कांग्रेसको केन्द्रीय समितिको बैठक बसिरहेको छ । बैठकमा महाधिवेशनका विषयमा कुरा चलेको र आजको बैठकले उक्त निर्णय गरेको एक नेताले लोकपथलाई बताए ।

तर प्रदेशलगायत तल्ला निकायका अधिवेशन कार्यतालिकामा भने हेरफेर गरि महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको हो ।

यसअघि कार्तिकदेखि वडा अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएकोमा अब २ महिना पछाडि अर्थात पुसबाट शुरु गर्न लागिएको छ । आगामी पुस ६ गतेदेखि वडा अधिवेशन शुन हुनेछ ।

हालका सभापति शेरबहादुर देउवाको ४ वर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो । कांग्रेसको विधानत थप एक वर्ष कार्यकाल थपि काम गर्न सक्ने व्यवस्था रहेको छ । त्यसै अनुसार सभापति देउवाले कामकारवाही गरिरहेका छन् ।

कोरोना महामारीकै बीच कांग्रेसले पहिले बाँकी रहेका करिब ३० जिल्लामा समायोजनका काम, क्रियाशील सदस्यता वितरण तथा नविकरणका काम शुरु गरि महाधिवेशनको प्रक्रिया थाल्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?