पार्टी फुटाउन नहुनेमा ओली-प्रचण्ड एकमत, सहमतिको लागि घनिभूत वार्ता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको शीर्ष नेताहरुबीचको बैठक सकिएको छ ।

पछिल्लो समय पार्टीभित्र भएको आन्तरिक विवाद मिलाउन भन्दै आज बिहान बसेको बैठकमा विवाद समाधानबारे छलफल गरेको थियो ।

पार्टीभित्रको आन्तरिक विवाद मिलाएर अघि बढ्नेमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको स्रोतको दावी छ ।

पार्टी आन्तरिक द्वन्दमा फसेका बेला विभिन्न तरिकाबाट सहमति जुटाउने प्रयासहरु भइरहेका छन् । त्यहि सहमती जुटाउनको लागि आजको लागि तोकिएको स्थायी कमिटि बैठक समेत आगामी बुधवारसम्मका लागि सारिएको छ । आन्तरिक किचलोकाबीच पार्टी फुट्ने शंका गरिएका बेला पार्टी फुटाउन नहुनेमा नेताहरु एकमत भएको स्रोतले जनाएको छ ।

तर अझै सहमतिमा कसरी जाने भन्ने निष्कर्ष ननिस्केपनि सबै विषयमा छलफल शुरु भएको एक त्यहाँ उपस्थित एक नेताले लोकपथलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?