काठमाडौं । प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबीच छलफल चलिरहेको छ । बैठकमा सहभागी हुन गएका गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल र ऊर्जामन्त्री वर्षमान पुन बैठकबाट बाहिरिएका छन् ।
बैठक शुरु भएको केही बेरमा निस्किएपनि सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएका छैनन् । अहिले बालुवाटारमा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको छ भने भित्र प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य मन्त्री तथा राज्यमन्त्रीसँग छलफल गरिरहेका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए । पछिल्लो समय सत्तारुढ दलभित्र देखिएको विवाद देखिएसँगै प्रम ओलीले राष्ट्रपति तथा आफू निकटका मानिसहरुसँग भेटघाट बढाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया