‘संसदलाई थाहै नदिई अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् र राष्ट्रपतिको कदम संविधान विरुद्ध’ !

काठमाडौं । संविधानविद् डा भिमार्जन आचार्यले संसदलाई नै जानकारी नदिई अधिवेशन अन्त्य गर्नु मन्त्रिपरिषद् र राष्ट्रपतिको कदम संविधानको विरुद्ध रहेको बताएका छन् ।

यसरी आफूखुसी कामहरु गर्दै जाँदा संसदीय व्यवस्था नै खण्डित हुनसक्ने उनले बताएका छन् ।

बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाई मन्त्रीपरिषद् मार्फत संसद अधिवेशन अन्त्यको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति भण्डारीले तत्काल नै बिहीवार साँझ ५ बजेबाट संसदको दुवै सदनको अधिवेशन अन्त्य भएको भन्दै संसद सचिवालयमा सूचना पठाएकी थिइन् । उक्त कुरालाई विभिन्न कोणबाट आलोचना भइरहेका छन् ।

यसै सन्दर्भमा संविधानविद् डा आचार्यले ट्वीट गर्दै भनेका छन्, “संसद्लाई कुनै थाहा जानकारी नदिई अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् र राष्ट्रपतिको कदम संविधानको बिरूद्धमा छ। संसद्लाई सरकारले यसरी आफू खुशी उपयोग गर्दै जाने हो भने संसदीय ब्यवस्थाको अवधारणा नै खण्डित हुन जान्छ।”

साथै संविधानविद् आचार्यले संवैधानिक लोकतन्त्रमा सरकार संसद् र संविधान दुवैको अधीनमा बस्न पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?