काठमाडौं । आज बसेको मन्त्रीपरिषद् बैठकले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । मन्त्रीपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा युवराज खतिवडाले राष्ट्रपतिबाट आज साँझ ५ बजेबाट अधिवेशन अन्त्य भएको सूचना प्राप्त भएको उनले बताए ।
त्यस्तै बाँकी निर्णयहरु भने गत असार १५ गते बसेको मन्त्रीपरिषद्ले गरेका हुन् ।
जसमा अर्थमन्त्रालयको प्रस्तावमा विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले दिने ३ सय मिलियन डलर (करिव ३० करोड ८० लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने भन्ने निर्णय भएको छ ।
त्यसैगरी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको प्रस्तावमा मोरङ नौबिसे २ सय २० केबी प्रशारण लाइनको लागि र कुसाहा विराटनगर १ सय ३२ केभी प्रशारण लाइन निर्माणको लागि जमिन उपलब्ध गराउने निर्णय भएको प्रवक्ता डा खतिवडाले बताए ।
त्यस्तै गृहमन्त्रालको प्रस्तावमा हत्या भएर मृत्यु भएका सर्लाही जिल्ला, रामनगर गाउँपालिका वडा नं ४ का राम जलम रायको परिवारलाई राहत क्षतिपुर्ती स्वरुप १० लाख उपलब्ध गराउने निर्णय भएको छ ।
परराष्ट्र मन्त्रालयमा दुइवटा अस्थायी दरबन्दीः संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग जेनेभाको लागि भनि स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै भूमी सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा भूमी सम्बन्धी समस्या समाधान आयोग गठन आयोग पहिलो संशोधन २०७७ लाई स्वीकृत गर्ने निर्णय भएको खतिवडाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया