काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई नै थाहा नदिई सरकारले संसदको चालू अधिवेशन अन्त्य गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष रिफारिस गरेको थियो । भने राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्कालै उक्त रिफारिसमा हस्ताक्षर गरि साँझ ५ बजेबाट संसद अधिवेशन अन्त्य भएको संसद सचिवालयलाई जानकारी गराइकी थिइन् ।
आफूहरुसँग कुनै पनि परामर्श नगरीकन अधिवेशन अन्त्य गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ती जनाएको छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका सांसद गगन थापाले संघीय संसदको चालू अधिवेशन अप्रत्यासित अन्त्य भएकोमा आपत्ती जनाउँदै संसदमा थुप्रै विधेयकहरु कार्यसूचीमा भएको भएपनि पार्टीको अचानोमा संसद परेको भन्दै कुनै अध्यादेश नल्याइयोस भन्दै सरकारलाई सचेत समेत गराएका छन् ।
कोरोना महामारीकै बीच संसद अधिवेशन वैशाख २६ गते शुरु भएको थियो ।
अहिले नै तत्काल संसदको अधिवेशन अन्त्य हुनेमा अनुमान नरहेको कतिपयको तर्क रहेको छ । यसैक्रममा संसद सचिवालयले पनि चालु अधिवेशन कम्तीमा असार महिनासम्म लम्बिने जनाएको थियो । यहि अधिवेशनबाट नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा शर्त सम्बन्धी विधेयकहरु पारित गर्न लागिएको थियो ।
संसद सचिवालयका कर्मचारीका अनुसार सरकारले संसदको बिजनेस ख्याल नगरी अन्त्यको सिफारिस गरेकोमा असन्तुष्टि जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया