काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशनको अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले् मन्त्रीपरिषद्बाट सिफारिस भएको डेढ घण्टाभित्रै संसदको अधिवेशन अन्त्य गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बिहीवार मध्यान्ह १२ बजेका लागि मन्त्रीपरिषद् बैठक डाकेका थिए । केही ढिला गरी बसेको बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिसका गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्यको पत्र सचिवालयमा २ बजेअघि नै पठाएको हो।
अन्य बेलामा संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिको कार्यालयको पत्र संसदमा पढेर सुनाउने गरिन्थ्यो ।
राष्ट्रपतिद्वारा पठाइएको पत्रमा राति १२ बजेबाट मात्र संसद अधिवेशन अन्त्य गरिएको घोषणा हुने गरेकोमा यसपटक साँझ ५ बजेबाट नै अधिवेशनको अन्त्य हुने व्यहोरा उल्लेख गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया