स्वास्थ्य मन्त्रालयको ‘ग्राफ’ मा हेर्नुहोस्- कोरोना अपडेटको विवरण 

काठमाडौं – नेपालमा कोरोना भाईरस ‘कोभिड- १९’ का कारण थप १ जनाको मृत्यु भएको छ । अछामका ४५ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

बितेको २४ घण्टामा थप ४८२ जनामा कोरोना भाईरस ‘कोभिड- १९’ संक्रमण पुष्टि भएको छ । १ सय १७ जना महिला र ३ सय ६५ जना पुरुष गरि बितेको २४ घण्टामा ४८२ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ । जसमध्ये १ हजार ७ सय ७४ जना महिला र १२ हजार २ सय ७२ जना पुरुष छन् ।

कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।  संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ । नेपालमा हिजो (मंगलवार) एकैपटक ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकबारे मन्त्रालयले दिएको विवरण यस्तो छ : 

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज मन्त्रालयले दिएको जानकारी अनुसार अछाम जिल्ला रामरोसन गाउँपालिका वडा नं ५ का स्थायी बासिन्दा उनको असार १४ गते उपचारको क्रममा वयलपाटा अस्पतालमा मृत्यु भएको हो । घरमा रहेका उनलाई एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि असार १३ गते अस्पताल लगिएको थियो । उनमा मधुमेहको समस्या रहेको थियो । उनको मृत्यु पश्चात स्वाब संकलन गरी परीक्षण गर्दा असार १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई अस्पतालमा कुर्न बसेका अन्य २ जनाको समेत कोरोना परीक्षण गरिएकोमा उनीहरुको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

 

 

यस्तो छ , थपिएकाहरुको विवरण  :
बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा : झापाका ६ जना महिला र १ जना पुरुष,सिरहाका १ जना महिल र १ जना पुरुष र सुनसरीका १ जना महिला

कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा : इलामका २ जना महिला,झापाका २ जना महिला र ४ जना पुरुष र मोरङका १ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : झापाका २ जना महिला र ५ जना पुरुष,मोरङका १ जना पुरुष र ताप्लेजुङका १ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : धनुषाका २१ जना पुरुष र महोत्तरीका ३ जना महिला र ३३ पुरुष
नारायणी अस्पताल विरगञ्जमा गरिएको परिक्षणमा : पर्साको १ जना महिला

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा  : अछामका १० जना महिला र ४९ जना पुरुष,बझाङका ४ जना महिला र १४ जना पुरुष,बाजुराका २ जना महिला र ५ जना पुरुष,गोरखाका २ जना पुरुष र कैलालीका ४ जना महिला र १० जना पुरुष कञ्चनपुरका १ जना पुरुष र पर्वतका १ जना पुरुष

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशाला गरिएको परिक्षणमा काठमाडौंका २ जना महिला र ४ जना पुरुष

भरतपुर अस्पताल प्रयोगशाला गरिएको परिक्षणमा : गोरखाका १ जना महिल ,चितवनका २ जना महिला र १० जना

पुरुष,झापाका १ जना महिला, नवलपरासी पूर्वका २ जना महिला र ९ जना पुरुष

किटजन्य प्रयोगशाला हेटौडामा गरिएको परिक्षणमा : बाराका १ जना पुरुष

धुलिखेल अस्पताल धुलिखेलमा गरिएको परिक्षणमा : भक्तपुरका १ जना पुरुष

पाटन अस्पताल ललितपुरमा गरिएको परिक्षणमा : भक्तपुरका १ जना महिला,काठमाडौंका ३ जना महिला र १ जना पुरुष,मोरङका १ जना महिला र ललितपुरका ३ जना महिला र २ जना पुरुष

वीर अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा  : डोटीका ५ जना महिला र २ जना पुरुष,अछामका १५ जना महिला र ५१ जना पुरुष र बाजुराका ६ जना महिला र १२ जना पुरुष,डोटीका २ जना महिला र ९ जना पुरुष,कैलालीको २ जना महिला र ८ जना पुरुष र कञ्चनपुरका २ जना महिला र ७ जना पुरुष

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : बाग्लुङका २ जना महिला र १ जना पुरुष,स्याङजाका २ जना महिला र ६ जना पुरुष र तँनहुमा १ जना महिला

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा : कास्कीका ३ जना महिला र लमजुङका १० जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : अर्घाखाँचीका १ जना पुरुष र गुल्मीका १ जना महिला र ७ जना पुरुष,नवलपरासीका १ जना महिला र पाल्पाका २ जना पुरुष

भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परिक्षणमा : बाँकेका ७ जना महिला र ४ जना पुरुष,बर्दियाका २ जना महिला र ९ जना पुरुष,दैलेखका २जना पुरुष,कालीकोटका २ जना पुरुष, सल्यानका ३ जना महिला र १२ जना पुरुष र सुर्खेतका ४ जना महिला र १८ जना पुरुष

राप्ती स्वास्थ्य विज्ञान प्रयोगशाला गरिएको परिक्षणमा : दाङका २ जना महिला

कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परिक्षणमा :  बाजुराका ४ जना महिला र १४ जना पुरुष,जुम्लाका १ जना पु्रुष
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : अछामका १ जना पुरुष,बैतडीका १ जना पुरुष र कैलालीका १ जना महिला र २ जना पुरुष

नेपालमा थप १ हजार ४६२ जना कोरोना संक्रमण मुक्त
नेपालमा थप १ हजार ४ सय ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ हजार ६ सय ५६ रहेको छ । आज , जनकपुरबाट झापाका १ पुरुष, कलैया असपतालबाट बाराका ३ पुरुष, साई कृष्ण आइसोलेशन सेन्टरबाट सप्तरीका १७ जना पुरुष, टेकु अस्पताल काठमाडौंबाट काठमाडौंका ३ पुरुष, सिन्धुलीका १ महिला, सिन्धुपालचोकका १ पुरुष, खोटाङका १ पुरुष, त्यस्तै मोरङ, नुवाकोट, चितवन, भक्तपुर, दोलखाका १ जना पुरुष, ज्वालामुखी आइसोलेशन सेन्टरबाट धादिङका २ महिला र ९ पुरुष, निलकण्ठ आइसोलेशन सेन्टरबाट धादिङका ५ महिला र २९ पुरुष, ललितपुरका १ महिला, भक्तपुरका २ पुरुष, पाटन अस्पतालबाट ललितपुरका १ महिला भक्तपुरका २ पुरुष सिन्धुलीका १ महिला चितवनका १ महिला, सुर्खेत प्रादेशीक अस्पतालबाट ५ महिला र २८ पुरुष, प्रदेश नं ५ का विभिन्न आइसोलेशनबाट १५ महिला र २८७ पुरुष र नवलपरासीका १ महिला र १३ पुरुष संक्रमणमुक्त भएका छन् ।

डिस्चार्ज भएका मन्त्रालयका अनुसार अन्यको विवरण आउन बाँकी रहेको छ ।

काठमाडौंमा बुधवार थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित  :
काठमाडौंका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा पछिल्लो २४ घण्टामा काठमाडौंका दुई महिला र चार पुरुष, पाटन अस्पताल ललितपुर प्रयोगशाला गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

ललितपुरका पाँच जनालाई कोरोना संक्रमण  :
ललितपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ललितपुरका ३ महिला र दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार आज भेटिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

बढ्यो त्रास : काठमाडौं उपत्यकामा एकैपटक थपिए १७ कोरोना संक्रमित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?