काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एकैपटक १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज काठमाडौं उपत्यकाका ९ महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
आज काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ५ महिला र पाँच पुरुष त्यस्तै ललितपुरका तीन महिला र दुई पुरुष, त्यस्तै भक्तपुरका एक पुरुष र एक महिला रहेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ महिला र ४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा काठमाडौंका ३ महिला र एक पुरुष, ललितपुरका ३ महिला र २ पुरुष र भक्तपुरका एक महिला रहेका छन् ।
त्यस्तै धुलिखेल अस्पताल धुलिखेलमा गरिएको स्वाब परीक्षणमा भक्तपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
एकैदिन उपत्यकामा यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि सबैमा डर पैदा भएको छ ।
उपत्यकामा लकडाउन केहि खुकुलो भएसँगै गाउँमा रहेकाहरु उपत्यका प्रवेश गरेको कारणले गर्दा पनि संक्रमितको संख्या बढ्दै गएको हो ।
साथै असार एक गतेदेखि परिमार्जन गरिएको लकडाउनका कारण सडकमा बढेको चाप, मानिसहरुको भीडभाड, अस्तव्यस्त बजार, अपर्याप्त परीक्षण, परीक्षणको रिपोर्ट ढिलो आउनु, पोजेटिभ रिपोर्ट आएकाहरुको सम्पर्क नम्बर स्विच अफ गरेको पाइनु सम्पर्कमा नआउनु, कन्ट्याक्ट ट्रेसिङ ढिलो हुनु, भौतिक दुरी कायम नगरिनु, मास्कको प्रयोग नहुनु, मन्त्रालयको गलत आँकडा लगायतका कारणले उपत्यका लगायत घनाबस्ती भएका शहरहरुमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेको छ ।
विज्ञहरु भन्छन्, यही अवस्था हुने हो भने अहिले भएका संक्रमितको पाँच गुणा संक्रमितको संख्या बढ्न सक्छ ।
यसैबीच नेपालमा आज (बुधवार) एकैपटक ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक सय सत्र जना महिला र तीन सय पैँसठ्ठी जना पुरुष गरि बितेको २४ घण्टामा ४८२ जना संक्रमित थपिएका हुन् । यसबाट के पुष्टि हुन्छ, भने परीक्षणको दायरा बढाइएको छैन ।
बितेको एक हप्ता देखि लगातार चार सयको हाराहारीमा कोरोना संक्रमित फेला पर्नुले यहि कुरा पुष्टि गर्दछ ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ । जस मध्ये एक हजार सात सय चौहत्तर जना महिला र १२ हजार २७२ जना पुरुष संक्रमित रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा बितेको २४ घण्टामा ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३० जनाको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म ४ हजार ६५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १ हजार ६२ रहेको छ ।
नेपालमा हिजो (मंगलवार) एकैपटक ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैबीच नेपालका दुई हजार ६१ जना बालबालिका कोरोना संक्रमण पुष्टि भएको भन्दै मन्त्रालयमा जोखिम नघटेकोले सचत रहन सबैलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया