काठमाडौं । पछिल्लो समय एक पछि अर्काे विवादमा पर्दै गएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधवार बसेको पार्टीको स्थायी कमिटि बैठकमा पनि आलोचना भएको छ ।
बैठकमा उपस्थित मध्ये केही नेताले भने ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुको विकल्प नरहेको बताए ।
बैठकका क्रममा नेकपा एमाले पार्टी निर्वाचन आयोगका दर्ता भएको विषयमा केन्द्रीत भएको छलफलमा बोल्ने पाँचै नेताहरुले प्रधानमन्त्री ओलीको कार्यशैली र अभिव्यक्तिको खुलेर आलोचना गरेका थिए ।
पर्यटनमन्त्री एवम् नेकपाका स्थायी कमिटि सदस्य योगेश भट्टराई प्रधानमन्त्रीप्रति नरम रुपमा प्रस्तुत भएपनि कार्यशैलीको खुलेर आलोचना गरे । बाँकी ४ सदस्यले भने ओलीको राजीनामाको विकल्प नरहेको धारणा राखेको एक नेताले लोकपथलाई बताए ।
त्यस्तै अन्य नेताहरु लीलामणि पोख्रेल र मात्रिका यादवले ओलीको राजीनामा भन्दा अर्को विकल्प नै भएको धारणा राखेका थिए ।
असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले आफूले नयाँ नक्सा जारी गरेसँगै भारतले प्रधानमन्त्री पदबाट हटाउँन खोजेको र पार्टीका नेताहरुले पनि त्यसमा साथ दिएको अभिव्यक्ति दिएका थिए । त्यसको लगत्तै बसेको बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले भारतले नभइ आफैले प्रधानमन्त्री पदबाट हटाउन चाहेको र राजिनामा दिन समेत आग्रह गरेका थिए ।
बुधवार बसेको बैठकमा मन्त्री भट्टराईले पार्टीमा निषेधको भावना नभइ सहकार्यको भावना हुनुपर्नेमा जोड दिँदै नेतृत्व नसच्चिए पार्टी चल्न नसक्ने धारणा राखेका थिए ।
उनले भने, ‘अहिले देखिएको आन्तरिक समस्या पार्टीभित्र सबैसँग छलफल गरेर निकास खोज्नुपर्छ । निषेध होइन सहकार्यको भावनाका अघि बढिनुपर्छ’ । उनले सचिवालयको विकल्प स्थायी समिति नभएको तर नेतृत्व सच्चिन जरुरी रहेको समेत बताए ।
त्यस्तै पछिल्लो अभिव्यक्तिले विवादित बनेका ओली अहिलेको मूल समस्या भएकाले राजिनामा दिनुको विकल्प नरहेको अर्का स्थायी समिति सदस्य नन्द कुमार प्रसाईँले बताएका थिए । उनले कि सच्चिनु पर्ने वा राजिनामा नै दुइ विकल्प रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया