काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको पाचौं दिनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
पार्टीभित्र चरम विवाद देखिएको अवस्थामा आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।
मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्यले ओलीको राजीनामा गरेका थिए ।
गत असार १० गतेबाट शुरु बैठकले विभिन्न ७ वटा एजेण्डाहरु तय गरेको थियो । जसमा मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी), नेपाल भारत सीमा विवाद, कोरोना महामारी तथा रोकथामका उपाय लगायत एजेण्डा समेटिएपनि बैठकमा पार्टी भित्रको आन्तरिक किचलोलाई मुख्य केन्द्रमा राखि छलफलहरु भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया