काठमाडौं । नेपालमा आज (मंगलवार) एकैपटक ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या मंगलबारसम्म १३ हजार ५ सय ६४ पुगेको छ । जसमा महिला १ हजार ६ सय ५७ र पुरुष ११ हजार ९ सय ७ रहेका छन् । मंगलबार सबैभन्दा बढी सुदूरपश्चिममा १ सय २१ जनामा संक्रमण देखिएको छ ।
त्यहाँ २ हजार ४ सय ५७ जना कुल संक्रमित रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा आज ४७ जना गरी ३ हजार ८ सय ७ जना संक्रमित रहेका छन् । प्रदेश नम्बर २ मा आज ८२ गरी कुल ३ हजार ७ सय ९४, गण्डकी प्रदेशमा आज २५ सहित आजसम्म १ हजार १७, कर्णाली प्रदेशमा आज १३ गरी १ हजार ४ सय ३६ जना संक्रमित रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा आज १२ गरी कुल ५ सय ९५ र बागमती प्रदेशमा १६ गरी कुल ४ सय २८ जना संक्रमित रहेका छन् ।
यो पनि पढ्नुहोस् : नेपालमा थप ६० जना कोरोना संक्रमण मुक्त हुँदा ३१६ जनामा संक्रमण
बितेको २४ घण्टामा काठमाडौंमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।
जसमा त्रिभुवन विश्वविध्यालय शिक्षण अस्पताल महाराजगञ्जनमा गरिएको परीक्षणका क्रममा ४ जना महिला तथा ५ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गरिएको परीक्षणमा १ जनामा कोरोना देखिएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए ।
यसअघि हिजो पहिलोपल्ट उच्च संख्यामा उपत्यकामा संक्रमित थपिएका थिए । काठमाडौंमा ६, ललितपुरमा १ र भक्तपुरमा १ गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज एकैपल्ट काठमाडौंमा मात्रै १२ जनामा कोरोना संक्रमण पुष्टि भएका कारण जोखिम बढेको बुझ्न सकिन्छ ।
यो पनि पढ्नुहोस् : पछिल्लो २४ घण्टामा ३१६ जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ ।
यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ ।
अहिले देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् । देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहेका छन् । मंगलबार ९ महिला र ५१ पुरुष गरी ६० जना डिस्चार्ज भएका छन् । यो सँगै आजसम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय ७७ महिला र २ हजार ९ सय १७ पुरुष गरी ३ हजार १ सय ९४ जना रहेको छ ।
यो पनि पढ्नुहोस् : बढ्यो जोखिमस् काठमाडौंमा एकैपटक १२ जनामा कोरोना संक्रमण पुष्टि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया