काठमाडौं । नेपालमा आज (मंगलवार) एकैपटक ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २९ जनाको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म ३ हजार १९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
त्यसमध्ये २ हजार ९१७ पुरुष र २७७ जना महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ६० रहेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुमध्ये ९ जना महिला र ५१ जना पुरुष छन्।
नेपालमा हिजो (सोमवार) एकैपटक ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कहाँका हुन् थपिएका संक्रमित ?
कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परिक्षणमा : सप्तरीको ४ जना पुरुष, सिराहाका १ जना महिला र ९ जना पुरुष,उदयपुरका २ जना पुरुष,झापाका २ जना महिला र ३ जना पुरुष र सुनसरीका २ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : सङ्खुवासभाका ३ जना पुरुष
गजेन्द्र सिंह नारायण अस्पताल राजविराज गरिएको परिक्षणमा : सप्तरीका २ जना महिला र १९ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा धनुषाका ३ जना पुरुष,रौतहटका ५ जना पुरुष र महोत्तरीका २९ जना पुरुष
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा : अछामका ७ जना महिला र २० जना पुरुष,बाजुराका १ जना पुरुष,काठमाडौंका २ जना पुरुष,रौतहटका २ जना पुरुष,स्याङजाका १ जना पुरुष,गुल्मीका १ जना पुरुष,सिन्धुपालचोकका १ जना महिला र १ जना पुरुष,गोरखाका १ जना पुरुष,सर्लाहीका १ जना महिला र ७ जना पुरुष,भक्तपुरका १ महिला र बाग्लुङका १ जना पुरुष
पाटन अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा डडेलधुराका १ जना पुरुष,काठमाडौंका १ जना महिला,ललिपुरका १ जना पुरुष
विर अस्पताल काठमाडौं प्रयोगशालामा गरिएको परिक्षणमा : अछामका १ जना महिला,बैतडीका १ जना पुरुष,डोटीका १ जना महिला र १४ जना पुरुष
त्रिवि विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा गरिएको परिक्षणमा :काठमाडौंको ४ जना महिला र ५ जना पुरुष र म्यादीका १ जना पुरुष
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा : कास्कीका १ जना महिला र ८ जना पुरुष,लमजुङका ३ जना महिला
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : स्याङजाका १ जना महिला र २ जना पुरुष र तँनहुका ३ जना महिला र ३ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्योगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : अर्घाखाँचीका २ जना महिला र ५ जना पुरुष,पाल्पाका ३ जना महिला र १५ जना पुरुष
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा : सल्यानका १ जना महिला र १ जना पुरुष दाङका २ जना महिला र १९ जना पुरुष
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा : रुकुम पश्चिमका १ जना महिला र ७ जना पुरुष,बाजुराका १६ जना महिला र ३२ जना पुरुष,बाँकेका १ जना पुरुष र दैलेखका ३ जना पुरुष
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : बैतडीका १ जना महिला र २ जना पुरुष, बाजुराका १ जना महिला र १ जना पुरुष,डडेल्धुरा २ जना महिला,डोटीका १३ जना महिला र २ जना पुरुष,कैलालीका ५ जना पुरुष
आजको जम्मा महिला ७१ जना र पुरुष २४५ जना पुरुष गरी जम्मा ३१६ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया