काठमाडौं । सोमवार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद् (क्याबिनेट) बैठक बस्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि बनाइएको उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) को बैठक जारी छ ।
सिसिएमसीको सोमबारको बैठकले समग्र परिस्थिलाई विश्लेषण गरेर हवाई सेवा र सीमा नाकाका बारेमा केही निर्णय गर्दै मन्त्रिपरिषद बैठकमा सिफारिस गर्ने सम्भावना रहेको एक मन्त्रीले लोकपथलाई जानकारी दिए ।
यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले असार १६ गतेसम्म सीमा नाका र हवाईसेवा बन्द गर्ने निर्णय गरेको थियो ।
त्यस्तै सार्वजनिक यातायातबारे पनि बैठकमा विभिन्न कोणबाट छलफल हुने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया