सिके राउतप्रति असन्तुष्टि जनाउँदै ७ केन्द्रीय सदस्यले गरे पार्टी परित्याग

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीका ७ जना केन्द्रीय सदस्यले पार्टी परित्यागको घोषणा गरेका छन् ।

राउतको कार्यशैलीप्रति असन्तुष्ट बन्दै केन्द्रंीय सदस्य कैलाश महतोसहित ७ जना केन्द्रीय सदस्यले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनको कार्यशैली प्रति असन्तुष्टि गराउँदै शनिवार कपिलवस्तुका हकिकुल्ला मुसलमान, सिरहाकी सतिला यादव, नवलपरासीका पार्टीका केन्द्रीय सदस्य कैलाश महतो, धुव्र प्रसाद गौड, राजमति पासवान, बाराका दिनेश प्रसाद यादव, पर्साका संजय कुमार साह रहेको प्रेस विज्ञप्तीमा उल्लेख रहेको छ ।

कैलाश महतो राउतद्वारा गठित तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका सह–संयोजक तथा निकटस्थ मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?