काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटि शुरु भएको छ । गत असार १० गतेबाट शुरु भएको स्थायी कमिटिको बैठकले विभिन्न ७ एजेण्डाहरु तय गरेको छ ।
आज स्थायी कमिटिको बैठकमा कोरोना महामारी र यसले नेपालमा परेको असर साथै त्यसको न्यूनिकरणको लागि सरकारले गरेका काम कारवाहीबारे छलफल हुने स्रोतले जनाएको छ ।
शुक्रवार बसेको स्थायी कमिटि बैठकमा नेपाल भारत सीमाबारे १८ जना स्थायी कमिटि सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।
मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) को विषयमा समेत छलफल गर्नको लागि एजेण्डा तय गरिएकोले स्थायी कमिटीको बैठकलाई महत्वपूर्ण मानिएको छ ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारको स्थायी समिति बैठकमा उपस्थित भएका थिएनन् ।
अरु नै काममा व्यस्त हुनुपर्ने भएकाले बैठकमा उपस्थिति हुन नसक्ने कुरा महासचिवमार्फत ओलीले सन्देश पठाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए।
यस्ता छन् बैठकका पूर्वनिर्धारित एजेण्डाहरु:
१. अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य
२. कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने
३. सीमा समस्या र समाधानबारे
४. सरकारको कामको समीक्षा
५ पार्टी कामको समीक्षा र सांगठिनक एकताको पूर्णता
६. एमसीसीबारे
७. विविधि । यसमा एक महिनाअघि भएको रुकम घटना, नागरिकता विधेयक र सांसद र प्रदेशसभा सदस्यको बैठक भत्ता नलिने विषय ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया