‘हा..हा..’ रियाक्ट पाएको अमेरिकी दूताबासको त्यो स्टाटस, के थियो लेखिएको ?

काठमाडौं – नेपाल स्थित अमेरिकी दूताबासले हिजो (बिहिबार) सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस पोष्ट गर्‍यो ।

१७ घण्टाअगाडी पोष्ट गरिएको उक्त स्टाटसमा लेखिएको छ, ”नेपाली जनताको लागि नेपाल सरकारसँग कुनैपनि परियोजना वा अनुदान कार्यक्रममा काम गर्दा पारदर्शिता, जवाफदेहिता, समावेशिता, तथा पारस्परिक आर्थिक समृद्धि सधैंं हाम्रो प्राथमिकताको केन्द्रमा हुने गर्दछ। हालै सार्वजनिक भएको एक प्रतिवेदनले एमसिसीलाई संसारका सबैभन्दा पारदर्शी विकास संस्थाहरूको सातौं नम्बरमा राखेकोमा हामी अत्यन्तै खुशी छौं। हामी एमसिसी लगायत अमेरिकी सरकारकामार्फत गरिने सबै कार्यक्रमहरूमा पूर्ण पारदर्शिताको लागि प्रतिवद्ध छौं।”

यसलाई अंग्रेजीमा उल्था गरिएको छ: 

Partnering with the Government of Nepal, for the benefit of the Nepali people, we will always prioritize & support transparency, accountability, inclusion, good governance, & mutual economic prosperity. We are happy to see Millennium Challenge Corporation – MCC ranked as the 7th most transparent development agency. We’re committed to full visibility in everything we do across USG programs, including the MCC! 

रोचक कुरा के भयो भने दूताबासको यो स्टाटस यो समाचार तयार पार्दासम्म ८९ वटा ‘हा हा’ रियाक्ट आएको छ । जबकी यो रियाक्ट कुनै कुरामा मज्जाले हाँसो उठ्दा वा कसैले बेबकुफ कुरा गरिरहेको छ भने हाँस्यास्पद अर्थमा प्रयोग गर्ने गरिन्छ ।

यस स्टाटसमा  २७ वटा ‘एङ्ग्री’ अर्थात् रिसाएको प्रतिक्रिया छ । ७० वटा लभ रियाक्ट भएको छ । १ जनाले दुख लागेको रियाक्ट गरेका छन् भने १६ सय ‘लाईक’ आएको छ ।

यसरी दूताबासको स्टाटसमा धेरैजना सामाजिक सञ्जाल प्रयोगकर्ताले हा हा रियाक्ट, नकारात्मक टिप्पणी गरेको एमसीसीको विषय देखि हो ।

यस्तै गत जून ९ मा दूताबासले एक भिडियो सेयर गरेको थियो । जसमा लेखिएको थियो ।

मार्चमा १८ लाख डलर, अप्रिलमा २५ लाख डलर, र अहिले ३० लाख डलर, हामी युएसएआइडीले नेपाल सरकार र नेपाली जनताको कोभिड१९ विरुद्धको लडाईंमा गरीरहेको निरन्तर सहयोगमा गर्व गर्दछौं। यो पछील्लो ३० लाख डलर कर्णाली र प्रदेश ५ मा कोभिड१९ लगायत अन्य स्वास्थ्य समस्यासँग जुध्न अझै बलियो प्रणाली र प्रतिकार्यको लागि सहयोग निर्माणमा खर्च हुनेछ। फेब्रुअरी महिनामा नेपाली जनताको लागि पहिलो अन्तरराष्ट्रिय सहयोगीको रूपमा PPE र कोभिड१९ जाँच सामाग्री हस्तातरण गरिएयता हामीले ७ पटकसम्म ती सामाग्रीहरू पनि सहयोग गरीसकेका छौं।

तर यसमा पनि एमसीसीको विषय जोडेर अनेकन टिप्पणी आएपछि दूताबासले कमेन्टमा ‘रिप्लाई’ दिँदै लेखेको छ ।

MCC परियोजनाको बारेमा आउने कुनै प्रश्न र जिज्ञासाको हामी स्वागत गर्दछौं, तर हाम्रो सानो अनुरोध के छ भने तपाईंले पत्याउनुभएका हल्लामा विश्वास गरेर आफ्नो धारणा बनाउनुअघि खास कुरा के हो भन्ने पढ्न अनुरोध छ।
MCC का बारे धेरै सोधिने प्रश्न र उत्तर यहाँ हेर्नुहोस् : उसले एउटा लिंक पनि सेयर गरेको छ । 

नेपालमा एमसीसीको बहसले सडक र सदन दुबै तातेको छ ।

आगामी असार १७ गते संसदले यो सम्झौता पारित गरेन या यसको म्याद पनि थपिएन भने यो स्वतः निस्क्रिय हुनेछ । यससँगै नेपाललाई अमेरिकाले दिने भनिएको ५० करोड अमेरिकी डलर अनुदान सहयोग पनि रोकिनेछ । अहिले सिंगो देश एमसीसीको विषयलाई लिएर पुरै विभाजित देखिएको छ । आज यसै विषय अन्य केहि एजेण्डामाथि थप छलफलका लागि सत्तारुढ नेकपा स्थायी कमिटी बैठक बस्दैछ ।

(समाचारमा प्रयोग गरिएका सबै तस्वीर दूताबासको फेसबुक पेजबाट निकालिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?