अाखिर कहिले छाडेका थिए प्रचण्डले माओवाद ? कार्यकर्ताले पत्तै पाएनन् !

काठमाडौं, ८ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका प्रक्रियामा हस्ताक्षर भएको ७ बुँदे प्रारम्भिक आधार बाहिर आएपछि पार्टीले माओवादलाई औपचारिक रुपमा छाडेको भन्दै आलोचना गरेको पाइएको छ माओवादलाई आफ्नो पथप्रदर्शक सिद्धान्त मान्दै विगतमा ‘प्रचण्ड पथ’ को समेत शब्दावली प्रयोग गरेका माओवादी कार्यकर्तालाई असजिलो लाग्नु स्वभाविक थियो । तर पार्टी एकताका लागि भएको ७ बुँदेले माओवादको च्याप्टर कम्तिमा पनि सो पार्टीमा बन्द भएको छ सहमतिपत्रमा ‘माओवाद’ बारे छलफल गरिने भनिएपनि अब माओवाद वा विचारधारा पार्टीको मार्गनिर्देशक सिद्धान्त बन्ने सम्भावना सकिएको छ । अब नयाँ पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुनेछ माओवादको अव अन्त्य भएको हो भन्ने लोकपथको जिज्ञासामा माक्र्सवादी लेखक निनु चापागाई भन्छन्, ‘अहिले पनि वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले माओवाद मानिरहेको छ र विप्लवले पनि मालेमावादलाई आफ्नो पथ प्रदर्शक सिद्धान्त मानेकाले माओवादको अन्त्य भएको भन्न त मिल्दैन । तर प्रचण्डको हकमा भने उनले शान्ति प्रक्रियासँगै माओवाद छाडिसकेका थिए । अहिले बाहिर आयो नौलो लागेको छैन ।’प्रचण्डले माओवाद परित्याग गरेको भन्ने कुरामा अर्का माक्र्सवादी लेखक हस्तबहादुर केसी पनि सहमत छन् । उनी भन्छन्, ‘माओवाद भनेको एउटा गतिशील विचार हो, त्यसको वैचारिक नेतृत्व अहिले पनि मोहन वैद्यले गर्नुभएको छ । माओवादी जनयुद्धको नेतृत्वकर्ताका हिसाबले प्रचण्डमा जुन माओवादी भन्ने विरासत बाँकी थियो, त्यो पनि अब औपचारिक रुपमा सकिएको छ ।’केसीले एमाले र माओवादी केन्द्र विगतमा पनि कम्युनिस्ट नभएको र अब पनि उनीहरु कम्युनिस्ट हुने सम्भावना नरहेको भन्दै कम्युनिस्ट बन्ने भनेको वर्ग विश्लेषण, दलाल, नोकरशाह पुँजीपति र सामन्तवर्गविरुद्ध संघर्षमा खरो रुपमा उत्रिनुपर्ने बताए उनले भने, ‘कम्युनिस्ट आन्दोलन यिनीहरुबाट सम्भव थिएन र जे भयो ठीकै नै भएको छ । यी दुई पार्टी मिलेर बनेको पार्टी पूर्वी युरोपमा सोभियत संघको विघटनका समयमा बनेका सोसल डेमोक्रेटिक पार्टीजस्तो मात्रै भइदिए पनि ठूलै उपलब्धि मान्नुपर्छ ।’माक्र्सवादी लेखक तथा साहित्यकार निनु चापागाईले दुई पार्टीबीच चुनावी तालमेल भएपनि पार्टी एकताका लागि गरेको हतारो भने बुझिनसक्नु भएको बताए । यद्यपि उनीहरुबीच विगतदेखि नै कुरा फरक र व्यवहार एउटै भएको तथा दुवै संसदीय ढर्रामा सामेल भएकाले यसलाई आश्चर्य नै मान्न भने नहुने उल्लेख गरे उनले भने, ‘अहिले माओवादी केन्द्रका केही साथीहरु प्रचण्डले माओवाद छाडेको भन्दै चिच्याएको चाँहि सुनियो, तर अहिले होइन उनले शान्ति प्रक्रियामा आउँदै माओवाद छाडिसकेका थिए , कार्यकर्ताले पत्तै पाएनन् । अहिले कराउनुको कुनै अर्थ छैन ।’उनले माओवादमात्रै नभएर एमाले र माओवादी केन्द्र माक्र्सवादी–लेनिनवादी समेत बन्न नसकेको बताए । ‘लेनिनले त विरोधी विचारलाई सम्मान गर्नुहुन्थ्यो, जनवाद र केन्द्रियतालाई व्यवस्थित रुपमा सञ्चालन गर्नुभएको थियो । पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ता भन्नु भएको छ’, चापागाईले भने, ‘लेनिनवादको कुरै छाडौं यिनीहरु सोसल डेमोक्रेटिक पनि वैचारिक हिसाबले हुन सक्दैनन् ।’उनले एक भएका एमाले र माओवादी केन्द्रले अहिले न्युनतम रुपमा सुधारका काम गर्न सके पनि धेरै कुने बताए । उदारवादलाई अबलम्बन गर्ने र विदेशीलाई रिझाएर सरकार चलाउने सोच रहेसम्म यी दलहरुबाट आशा गर्ने ठाउँ नभएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?