कामना सेवा विकास बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

लोकपथ
0
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका अनुसार उक्त रकममध्ये १० लाख रुपैयाँ बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत र १५ लाख रुपैयाँ कर्मचारीको एक दिनको तलबबाट जुटाइएको हो । बैंकले कुल २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।

बैंकले यो सहयोगबाट बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न र राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

बाढीमा ज्यान गुमाउनेहरूप्रति बैंकले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, स्वयंसेवक र सहयोगी सबैप्रति धन्यवाद दिएको छ ।

बैंकले विपद्को यस कठिन समयमा प्रभावित समुदायलाई सहयोग गर्न सबै पक्षलाई सहकार्य र समन्वय गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?