काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार र पुनःस्थापनाका लागि गोल्छा ग्रुपले डेढ करोड रुपैयाँ सहयोग गरेको छ ।
ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ जम्मा गरेको हो ।
गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले विपत्तिको समयमा प्रभावित परिवार र समुदायलाई आवश्यक सहयोग गर्नु सबैको प्राथमिकता हुनुपर्ने बताए ।
उनले निजी क्षेत्र पनि सरकार र समुदायसँग मिलेर उद्धार, राहत र पुनःस्थापनाका काममा सहयोग गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया