काठमाडौं । शुक्रवार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) बीच भिडियो कन्फेरेन्स शुरु भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएकोे भिडियो संवादमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित करिव सयको हाराहारीमा नेकपाका नेताहरुको उपस्थिती रहेको स्रोतले जनाएको छ ।
त्यस्तै चिनियाँ सिपिसीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओलगायतका नेता सहभागी बुझिएको छ ।
उक्त भिडिओ कन्फरेन्स नेकपा स्कुल विभाग तथा सिपिसीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको हो ।
स्रोतका अनुसार पार्टी सञ्चालन र कोभिडको असरकाबीच अर्थतन्त्र कसरी चलायमान बनाउने भन्ने विषयमा कुरा हुने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया