संविधान संशोधन विधेयक प्रमाणीकरणपछि प्रधानमन्त्री निवासमा दिपावली

लोकपथ संवाददाता
0
Shares
तस्वीरः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको वालबाट

काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्साले संवैधानिक मान्यता पाएको खुसीयालीमा प्रधानमन्त्री निवास बालुवाटारमा दिपावली गरिएको छ ।

बिहीवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेसँगै नयाँ नक्साले संवैधानिक मान्यता पाएको हो ।

गत जेठ ३१ गते प्रतिनिधि सभा र आज (बिहीवार) राष्ट्रिय सभाबाट बहुमत सहित नयाँ नक्सा पारित भएको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै उक्त विधेयक अब संविधानको अंग बनेको छ । साथै उक्त विधेयक राजपत्रमा पनि प्रकाशित हुनेछ।

गत जेठ ५ गते सरकारले नेपालको अतिक्रमित भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद्बाट पास गरेको थियो । त्यस्तै ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?