काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच बालुवाटारमा बुधबार भएको भेटवार्तामा बैठक बोलाउने सहमति भएको स्रोतले बताएको छ ।
यसअघि दुई पटक मिति तोकेर पनि स्थायी कमिटी बैठक स्थगित भएको थियो । प्रधानमन्त्री ओलीले पनि नीति तथा कार्यक्रम र बजेटपछि मात्रै स्थायी समिति बैठक बोलाउने अडान राख्दै आएका थिए ।
नेकपाको विधानअनुसार तीन महिनामा एकपटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था भए पनि झन्डै ६ महिनादेखि स्थायी कमिटी बैठक बोलाइएको छैन ।
सरकारले दल विभाजन र अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद भएको थियो । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको राजीनामासमेत माग गरेका थिए ।
तर, प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिएको अवस्थामा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाइने प्रस्ताव गरेपछि नेकपाभित्रको विवादले अर्कै मोड लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया