काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद तथा पार्टी दुबैबाट हटाइने भएको छ ।
पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा समाजवादी पार्टीले सांसद तथा पार्टीको सदस्यताबाट हटाउन लागेको हो ।
सांसद गिरी नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी थिइन् । समाजवादी पार्टीले सबै सांसदहरुलाई संविधान संशोधनको पक्षमा मतदान गर्न ह्विप जारी गरेपनि त्यसको विरुद्धमा लागेकाले पार्टी तथा सांसद पदबाट हटाउने निर्णय गरेको एक नेताले बताए ।
स्रोतका अनुसार पार्टीका शिर्षस्थ नेताहरू उपेन्द्र यादव र डा. बाबुराम भट्टराई काठमाडौं आएपछि उनलाई बर्खास्त गर्न लागेको हो । हाल यादव कामको शिलशिलामा विराटनगर र भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं आएपछि सांसद पद स्वतः निलम्बन तथा पार्टीको साधारण सदस्यबाट समेत हटाइने स्रोतको दावी रहेको छ ।
तत्कालिन समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिक सांसदमा मनोनित भएकी थिइन् ।
संविधान संशोधन गरि नक्सामा परिमार्जित नक्सा राख्ने विषयमा आफ्नो विमत्ती जनाएकी सांसद गिरीलाई पार्टीबाट सम्झाएको तर नमानेकाले निलम्बन गर्न परेको एक नेताले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया