काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको उच्चस्तरीय समिति खारेज हुने भएको छ ।
उपप्रधान एवम रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा गठित समिति खारेज गरि कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई सबै कामको जिम्मा दिने निर्णय गरेको जनाइएको हो ।
स्रोतका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै काम सीएमसीलाई गर्न दिँदा सहज हुने देखिएकाले उच्चस्तरीय समिति खारेज गर्ने निर्णय गरिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणमा काम गर्न गत फागुनमा रक्षामन्त्री पोखरेलको संयोजकत्वमा गृह, अर्थ, परराष्ट्र, स्वास्थ्य, संस्कृति पर्यटन, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री सदस्य रहेको उच्चस्तरीय समिति गठन भएको थियो ।
समितिले गरेका कतिपय कामहरु आलोचित एवम् विवादित भएसँगै समितिको चौतर्फी आलोचना हुँदै आइरहेको छ ।
सेनालाई औषधि किन्ने जिम्मा दिनुभन्दा पहिले समितिको निर्देशनमा ओम्नी ग्रुपलाई दिएको थियो । तर समितिले नै निर्णय गरि ओम्नी ग्रुपलाई बजारभाउभन्दा चर्को मूल्यमा औषधि उपकरण खरिद गर्ने जिम्मा दिइएको थियो ।
उक्त निर्णय कमिसनका आधारमा गरिएको भन्दै सर्वत्र विरोध भएपछि सरकारले ऊसँगको ठेक्का सम्झौता नै खारेज गरेर नेपाली सेनालाई खरिदको जिम्मा दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया