काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा क्षति हुन नदिन वैकल्पिक सिकाई प्रक्रियाको सुरुवात गरिएको बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज (सोमबार)बाट सुरु गरेको वैकल्पिक सिकाई प्रविधिको शुभारम्भको घोषणा गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाको सिकाईमा क्षति हुन नदिने बताएका छन् । उनले आधुनिक प्रविधिको उपयोग गरी अधिकतम लाभ लिन पनि सबै विद्यार्थीहरुलाई आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विद्यालयहरु बन्द रहेका छ । लामो समय विद्यालय खोल्न सम्भव नभएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाईलाई निरन्तरता दिन वैकल्पिक सिकाईलाई अगाडि सारेको हो । मन्त्रालयले घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइन तथा डिजिटल प्रविधिको प्रयोगगरी आजदेखि पठन–पाठन सुरु गरेको हो । प्रधानमन्त्री ओलीले महामारीको समाप्तीसँगै शैक्षिक प्रणालीमा नयाँ परिमार्जन हुने सम्भावना बढेको बताएका छन् । उनले एसईईको विकल्पमा जान अहिलेको परिस्थितिले उत्प्रेरित गरेको बताए ।
यस्तै प्रधानमन्त्री ओलीले मुलुकमा अब कुनैपनि आन्दोलनको जरुरी नभएको बताएका छन् । उनले जति लडने हो यहि पुस्ता लडेको र अव मुलक बन्नेमा ढुक्क हुन आग्रह गरे । उनले भने ‘देश भित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु । मुलुक विग्रदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहोरिने पो हो कि ? आज मैले सबै प्रश्नको विस्तारमा चर्चा गरिरहेको छैन् । तर एकमुस्ट भन्न चाहन्छु । जति लडने हो यो पुस्ता लडछ मुलुक बन्छ । अवका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छ भन्ने तपाइका अभिभावकहरुको भनाई झुटा सावित हुँदैन । हाम्रो मुलुकमा अव फेरी अर्को आन्दोलन आवस्यक छैन् ।’
प्रधानमन्त्री ओलीले अप्ठेरोमा दुविधा हुने र त्यसलाई दुर गर्न नेतृत्व चाहिने भन्दै देश बन्ने कुरामा आरोप लगाएजस्तो गफ नदिएको बताए । उनले भने ‘अप्ठेरोमा दुविधा हुन्छ । त्यहि दुर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाएजस्तो गफ हानेको होइन् । ढुक्क रहौं मुलुक बन्छ । सुशासन स्वच्छता कायम हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया