काठमाडौं- एमसीसी अमेरिकी इन्डो प्यासिफिफ सैन्य रणनीति अन्तर्गत रहेको र ५० करोड डलरको सहयोगको ललिपप देखाएर यसलाई नेपालमा प्रवेश गराउन खोजिएको भन्दै कुनै पनि हालतमा यो संसदबाट गर्न नहुने नेकपाका नेता लिलामणि पोख्रेलले बताएका छन् ।
बिहिबार लोकपथ बिशेष एमसीसी, विकास परियोजना अथवा सैन्य रणनीति कार्यक्रममा बोल्दै पोख्रेलले राष्ट्रिय सार्वभौमिकतामा असर पर्ने एमसीसी मात्र हैन अन्य कुनै पनि देशका कुनै पनि विकासका कर्यक्रम हामीले लागू गर्न नहुने उनको भनाई छ ।
संसदबाट अनुमोदन हुनुपर्ने यो एमसीसीको दस्तावेज गत वर्ष नै संसदमा दर्ता गरेको र त्यसमा बहस र छलफल नभएको अवस्थामा समेत भौतिक रुपमा एमसीसीले नेपालभित्र काम सञ्चालन गरिरहेको र करोडौँ डलर खर्च गरिएकोमा नेता लिलामणि पोख्रेलले आपत्ति जनाएका छन् ।
संसदमा दर्ता भएको दस्तावेजमा ५ विभिन्न स्थानमा सडक निर्माण गर्ने भनिएको छ तर अहिले नै यसमा संसोधन गरि परियोजनाको रुप नै परिवर्तन गरेर भालुवाङ – लमही २७ किमि, चन्द्रौटा भालुवाङ ३५ किमी र लमही शिभखोला ३७ किमी सडक परियोजनामा परिवर्तन भैसक्यो यो त संसद र संसदकै अपमान भएन र भन्दै यसले नै एमसीसी परियोजना पछाडीको नियत प्रष्ट्याउने बताउँछन् नेता लिलामणि पोख्रेल।
एकातिर नेपालको संसदबाट अनुमोदन हुनुपर्ने अर्कोतर्फ यसले गर्ने हरेक काम कारर्बाही मिलेनियम च्यालेन्ज कर्पोरेसन अमेरिका तर्फ उत्तरदायी हुने यो कस्तो सम्झौता हो, किन यसका कर्मचारी नियुक्ति देखि खरिद प्रक्रिया सम्मको लागि विशेष प्रावधान तयार गर्नुपर्यो भन्दै एमसीसीको नियतमै खोट रहेको बताउँदछन् पोख्रेल।
नेपालको संविधान नै नेपालको सर्वोच्च कानून हो । किन यो एउटा परियोजनामा नेपाललको कानून बझिएमा अमेरिकी कानून लागू हुने जस्तो हाम्रो सार्वभौम स्वतन्त्रतामा आँच आउने सर्त राखिएको छ भन्दै यो नियोजित षड्यन्त्र हो भन्दछन् पोख्रेल।
५० करोड डलर कुनै ठुलो रकम होइन नेपाली आफैँले यस्ता परियोजना सञ्चालनको लागत ब्यबस्थापन गर्न सक्छन् ।
यो अमेरिकी इन्डो प्यासिफिफ सैन्य रणनीति अन्तर्गतको अमेरिकी ग्लोबल पावर एक्सरसाईज हो र नेपाल जस्तो देशले आफ्नो असंलग्न परराष्ट्र नीतिको समेत ख्याल राख्दै कुनै पनि हालतमा यो संसदबाट गर्न नहुने नेकपाका नेता लिलामणि पोख्रेल बताउँछन् ।
https://www.facebook.com/lokpath/videos/257486372009276/
एमसीसीबारे लोकपथबाट थप :
एमसीसीभित्रको चुरो कुरो : बाहिर संशोधनको हल्ला, फिल्डमा काम निरन्तर
एमसीसीको हंगामा कति स्वचालित कति सञ्चालित
एमसीसी भित्रको वास्तविकता यो हो !
एमसीसी कुनै सैन्य मामिलासँग जोडिएको छैन : अमेरिकी दूताबास
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया