सर्वोच्च अदालतका लागि सिफारिस चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदन

लोकपथ
175
Shares

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकले डा.रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।

उनीहरूको शुक्रबार र शनिबार समितिमा संसदीय सुनुवाइ गरिएको थियो । सुनुवाइपछि समितिले चारै जनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

यसअघि न्याय परिषद्ले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?