काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पञ्चायत कालमा बजेट निर्माण भएजसरी बहुदलिय कालमा भएको र त्यसैको निरन्तरता गणतन्त्रमा पनि रहेको बताए ।
उनले बजेट निर्माणमा संसदको, विधायकको विचार र धारणाको विषयमा कहिले पनि छलफल नभएको बताए । उनले भने ‘बजेट निर्माणमा संसदको भुमिका के, विधायकको भुमिका के, हामीले बोक्ने विचारधारको भूमिका के, हाम्रो घोषणा प्रतिको अर्थ र सम्बन्ध के रहन्छ हामीले कहिल्यै छलफल ग-यौं गरेनौं । हामी पनि ता दौडियौं कहिलो चुरोटको खोलको चिरकटमा योजना लेखेर मन्त्रीको ढोकामा पुग्यौं, कहिले आफ्नो लेटर प्याडमा लेखेर पुग्यौं, प्रधानमन्त्री त पुग्नुभयो दौडिएर पुग्यौं । पहिलाको भन्दा स्थिति झन विग्रियो । ’
सांसद थापाले स्थानीय पूर्वाधार कोषको नामबाट वडा अध्यक्ष जस्तो पैसा लिन थालेदेखि स्थिति विग्रिएको बताए । उनले कोषलाई यो पटकको बजेटबाट हटाउनको लागि सरकारलाई भन्ने आँट गर्नुपर्ने बताए ।
https://www.facebook.com/lokpath/videos/1162960564096767/?t=3
उनले स्रोतको अभावले मात्रै स्वास्थ्य सेवामा आजको अवस्था नआएको बताए । गएको वर्ष बजेटमा गरिएका बाचाहरु कुनैपनि पुरा नभएको उनले बताए । आधारभुत स्वास्थ्य सेवा, आकस्मिक स्वास्थ्य सेवा, विशिकृत स्वास्थ्य सेवा, स्वास्थ्य बीमाको बारेमा गरिएका बाचाहरु कुनै पनि पुरा नभएको सांसद थापाले बताए । अहिले सरकारले २४ वटा प्रयोगशाला बनाएको दावि गर्ने सरकारले जम्मा पाँच वटा पिसिआर मेसिन किनेको बताए । त्यस्तै सरकारले जम्मा २५ हजार पीसीआर किट किनेको र बाँकी सबै उपहार र दानमा पाएकोबाट परीक्षण भइराखेको बताए । स्वास्थ्य क्षेत्रमा सरकार अझैपनि अवधारणगत रुपमा स्पस्ट हुन नसकेको उनले बताए ।
उनले सरकारले स्वास्थ्य बीमाको विषयमा अझै काम गर्न नसकेको बताएका छन् । अहिले सम्म गरेको बजेट विनियोजनमा ल्याइएको बीमा कार्यक्रम बीमा नै नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया