काठमाडौं – कोरोना भाइरस ‘कोभिड–१९’ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता देशभर लकडाउन जारी गरेको छ ।
सरकारले जेठ २० गते सम्मका लाग लकडाउनको समय तोकेको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाई गरेको छ । उपत्यकाका मुख्य सडकहरुमा अत्यावस्यक सवारी साधन, सञ्चार माध्यमका सवारी साधन, स्वाथ्यकर्मीका सवारीसाधन बाहेकका सवारी साधनको आवागमन देखिदैन् । सुरक्षाकर्मीले ठाउँठाउँमा बसेर सवारीसाधनको जाँचलाई कडाई गरेको छ । अत्यावश्यक सेवा र सवारी पास नलिई सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ । यस्तै भित्रि सडक छेउमा रहेका खाद्यान्न तथा तरकारीका पसलहरु बिहान बेलुका खुल्ने गरेका छन् । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् ।
विश्वभर आक्रामक रुपमा फैलिएको यस भाइरसबाट बच्न लकडाउनको नीति लिईएतापनि लकडाउनको पूर्ण पालना गराउन गर्न नसक्नु, न्यून परीक्षण, नेपाल भारत खुल्ला सीमा, व्यक्तिहरुको असावधानीपूर्ण आचरण, क्वारेन्टाईनको उचित व्यवस्थापनको अभाव, आईसोलेसन पर्याप्त नहुनु लगायतका कारण नेपालमा यो भाइरस निकै तिव्र रुपमा फैलिएको छ ।नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ भने ११२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने ४ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।
लोकपथमा यसअघि प्रकाशित यी समाचार हेर्नुभएको थियो रु तपाईलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस्
नेपालका कुन जिल्लामा कति संक्रमित ? यस्तो छ अहिलेसम्मको जिल्लागत विवरण
वीरगञ्जमा मृत्यु भएका वृद्धमा कोरोना पुष्टि
बढेको बढ्यै संक्रमित स् काठमाडौंमा फेरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ६७५ पुगे
परीक्षण पहिलो चरणमा सफल भयो कोरोनाविरुद्धको खोप
नेपाली भूमी फिर्ता गर्न माग राख्दै डा गोबिन्द केसीद्वारा सत्याग्रहको घोषणा
भारत जान नपाएपछि जुम्लामा गाह्रो भयो जनजीवन
कोरोना प्रकोपकाबीच न्यूजिल्याण्डमा भूकम्प, टिभीमा अन्तर्वार्ता दिँदै थिइन् प्रधानमन्त्री‘
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया