थप २५ जनाले जिते कोरोना

काठमाडौं । नेपालमा थप २५ जनाले कोरोना जितेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ११२ पुगेको हो ।

आज निको भएका २५ जनामध्ये ९ जना महिला र १५ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जनकारी दिए ।

पर्सा छप्कैयाका १८ जनाले कोरोना संक्रमण जितेका छन् । उनीहरु ४ महिनोदेखी ६६ वर्षीय रहेको देवकोटाले बताए । उनीहरु कोरोना संक्रमणको २१ दिनपछि डिस्चार्ज भएका उनले बताए ।

त्यस्तै पाटन अस्पतालबाट कोरोना मुक्त भई धनुषा, काठमाडौं, धादिङ, दाङ र बर्दियाका एक-एक जनाले पनि कोरोना जितेका छन् । उनीहरु कोरोना संक्रमणको १० दिनपछि डिस्चार्ज भएका हुन् ।

त्यस्तै टेकु अस्पतालबाट सर्लाही घर भएका ३४ वर्षीय पुरुष ५ दिनमा डिस्चार्ज भएका छन् र आजै तौलिहवामा १ जना स्वास्थ्यकर्मीले पनि कोरोना जितेका छन् ।

कुल ११२ डिस्चार्ज भएका मध्ये ८३ जना पुरुष र २८ जना महिला रहेका छन् ।

कुन प्रदेशमा कति जनाले जिते कोरोना संक्रमण 

  • प्रदेश नं १ मा – २६ जना
  • प्रदेश नं २ मा -३३ जना
  • वाग्मती प्रदेशमा – ११ जना
  • गण्डकी प्रदेशमा – २ जना
  • सुदुरपश्चिम प्रदेशमा – ५ जना
  • प्रदेश नं ५ मा – ३५ जना

यो पनि पढ्नुहोस् :  नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित ६८२ पुगे (विवरणसहित)
बुढानिलकण्ठका संक्रमितले बिरामी बोक्न आफ्नै गाडी प्रयोग गरेका थिए, ‘कन्ट्याक ट्रेसिङ’ थालियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?